मुम्बई : बलिउडका दिवंगत अभिनेता इरफान खानको अन्तिम चलचित्र ‘द सङ्ग अफ स्र्कोपियन्स’ २०२१ मा रिलिज हुने भएको छ । तीनवर्ष अघि यस चलचित्रको प्रिमियर स्विजरल्यान्डको लाकार्नो फिल्म फेस्टिबलमा भएको थियो ।
चलचित्रको मोशन पोस्टर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै ट्रेड एनालिस्ट तरण आदर्श लेख्छन्,“इरफानको अन्तिम चलचित्र द सङ्ग अफ स्र्कोपियन्स’ २०२१ मा रिलिज हुँदैछ । अनुप सिंहको निर्देशनमा बनेको चलचित्र प्यानोरोमा स्पटलाइट र ७० एमएम टाल्किजले प्रस्तुत गर्दैछ ।”
यस्तै प्यानोरोमा स्पोटलाइटका निर्माता अभिषेक पाठकका अनुसार यो चलचित्र इरफानलाई श्रद्धाञ्जली स्वरुप रिलिज गर्न लागिएको हो ।
उनी भन्छन्, “हामी यो चलचित्र भारतीय चलचित्रका प्रिय ताराको श्रद्धाञ्जली स्वरुप पेश गर्दैछौं ।”
हाल चलचित्रको रिलिज मिति भने सार्वजनिक भैसकेको छैन । चलचित्रमा इरफानका साथै वहिदा रहमान, शशांक अरोरा, तिल्लोतामा शोम र गोल्शिफहेट फराहानीको पनि अभिनय रहेको छ । चलचित्रमा इरफान एक ऊंट व्यापारीको रुपमा देखिने छन् ।
क्यानसरसँग लडिरहेका इरफानले २०२० अप्रिल २९ मा संसार त्यागेका थिए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP