ताप्लेजुङ आगलागी : पाथीभरा मन्दिर सुरक्षित, डढेलो भने फैलिँदै

पुस १४, २०७७

ताप्लेजुङ : ताप्लेजुङको पाथीभरा मन्दिरसम्म पुगेको डढेलो नियन्त्रणमा आएको छ । तर, जंगलको डढेलो नियन्त्रणमा आएको छैन ।

मन्दिर भने तत्कालका लागि सुरक्षित भएको छ । मन्दिर आसपासको जङ्गल क्षेत्रमा गएको बिहीबारदेखि शुरु भएको डढेलो मन्दिर परिसरमै पुगेपछि हिजो हेलिकप्टरबाट पानी खन्याएर आगो निभाएको थियो ।

हेलिकप्टरले जोरपोखरीबाट पानी लगेर मन्दिर परिसरको आगो निभाएको हो । आसपास रहेको जङ्गलको ठूलो क्षेत्रमा आगलागी भइरहेकाले निभाउन कठिन भएको प्रहरीले जानकारी दिएको छ ।

आज पनि हेलिकोप्टरबाट पानी खन्याएर आगो नियन्त्रण गर्ने तयारी छ । स्थानीय सहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले प्रयास गरिरहेको भए पनि आगलागी नियन्त्रणमा आउन सकेको छैन ।

शनिबार साँझदेखि आगलागी आंशिकरूपमा नियन्त्रणमा आए पनि हिजो बिहान एक्कासी फैलिएर मन्दिर परिसरमा नै पुगेको थियो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP