सुनसरीलाई सडक मानब मुक्त बनाइने

सुनसरीलाई सडक मानब मुक्त बनाइने

इटहरी : सुनसरीलाई सडक मानव मुक्त बनाउन पुस १० गते इटहरीमा वृहत् कार्यक्रम गरिएको छ । प्रदेश सरकारले प्रदेश १ लाई सडक मानवमुक्त बनाउने अभियान अन्तर्गत सुनसरी जिल्लामा कार्यक्रम गरेको हो ।

इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमका अनुसार प्रदेश सरकार सामाजिक विकास मन्त्रालय,सुनसरीका स्थानीय पालिकाहरू र मानव सेवा आश्रमको सहकार्यमा सुनसरीलाई सडक मानवमुक्त बनाउन लागिएको हो । इटहरीमा भएको कार्यक्रममा सुनसरीका १२ वटै पालिकाका सडक मानवहरूलाई भेला गराएर नुहाइदिने,केश काटिदिने र नयाँ लुगा प्रदान गरेर सहभोजको कार्यक्रम छ ।

उपप्रमुख गौतमका अनुसार सहभोजमा सामाजिक विकास मन्त्री जीवन घिमिरे,सुनसरीका १२ वटै स्थानीय तहका प्रमुख उपप्रमुखको सहभागिता रहने छ । कार्यक्रमको व्यवस्थापन इटहरी उपमहानगरले गर्ने छ ।कार्यक्रम पछि सडक मानवहरूलाई मानव सेवा आश्रम विराटनगरमा राखिने छ ।