कतारमा अफगान सरकार र तालिवानबीच अर्को चरण वार्ताको

पुस १३, २०७७

एजेन्सी : अफगान सरकार र तालिवानबीच वार्ताको अर्को चरण कतारमा हुने भएको छ । यसअघि दुबै पक्षबीच महिनौंदेखिको वार्ताले कुनै औचित्यपूर्ण परिणाम दिन नसकेपछि डिसेम्बरसम्म स्थगित वार्ता पुनः सुरु गर्न लागिएको हो ।

राष्ट्रपति असरफ घानीले कतारको दोहामा भएको पहिलो चरणको वार्तापछि स्वदेशमै वार्ताका लागि वातावरण बनाइने बताइरहेपछि तालिवान समूहले सुरक्षाको कारण देखाउँदै कतारमा नै वार्ता गर्न लागिएको बताइएको छ ।

तालिवान समूह र सरकारबीच दोहाको एक सुविधासम्पन्न होटेलमा सेप्टेम्बर १२ मा पहिलो चरणको वार्ता शुरू भएको भएपनि निर्णयमा पुग्न नसकेपछि जनवरी ५ सम्मका लागि स्थगित भएको थियो ।

शान्तिवार्ताले तालिवान र वाशिङ्टनबीच गत वर्षको फेब्रुअरीमा हस्ताक्षर गरेको महत्वपूर्ण अमेरिकी सेना फिर्तासम्बन्धी सम्झौता पछ्याउनेछ । सम्झौता अनुसार आगामी वर्षको मेमा सबै विदेशी सैनिकहरू अफगानिस्तानबाट फिर्ता हुनेछन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP