इटहरी ,
इटहरी जुनियर जेसिसको बर्ष २०२१ का लागि पुजा फुयाल निर्वाचित भएकी छिन् । इटहरी जुनियर जेसिसले ५ बर्ष यता कुनै महिला नेत्री पाएको थिएन ।
गत शनिबार भएको निर्वाचनमा अध्यक्षमा पुजा फुयाल सहित १३ जनाको कार्यसमितिले बर्ष २०२१ मा इटहरी जुनियर जेसिसलाई निरन्तरता दिने छ । २०१५ मा सदस्यता लिएकी पुजा इटहरीमा उदाउदा युवाका लागि एउटा प्रेरणा समेत हुन् ।
बर्ष २०२१ मा पुजाले जुनियर जेसिसले केहि फरक तथा तथ्यपरक कार्यक्रम ल्याउने र यो बर्षको मुख्य लक्ष्य युवालाई समाजमा स्थापित गराई उसलाई उत्कृष्ट बनाउने रहेको फुयालले जानकारी गराइन ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP