लिभरपुलको जितमा सलाहाको कीर्तिमानी

लिभरपुलको जितमा सलाहाको कीर्तिमानी

काठमाडौं : च्याम्पियन्स लिग फुटबल अन्तरगतको खेलमा मोहमद सलाहाले कीर्तिमानी गोल गरेका छन् । बुधवार राति समूह डीको खेलमा लिभरपुलका स्टार सलाहाले खेल शुरु भएको पहिलो मिनेटमै गोल गरेका थिए ।

मोहमद सलाहाले कीर्तिमानी गोल गरेका खेलमा लिभरपुलले एफसी मिडजिल्याण्डसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँड्यो । त्यस्तै, खेलको ६२ औं मिनेटमा घरेलु टोलीका स्कुलेजले बराबरी गोल फर्काएका थिए ।

लिभरपुल समूह विजेताको रुपमा खेल अघिनै नकआउट चरण पुगिसकेको थियो । लिभरपुल १३ अंक सहित समूह विजेता बन्यो ।