बुटवलमा गोली चल्यो, एक जना घाइते, दुई पक्राउ

बुटवलमा गोली चल्यो, एक जना घाइते, दुई पक्राउ

बुटवल : बुटवलमा प्रहरीको गोली खोसेर गैंडाको खाग तस्करले गोली चलाउँदा एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुटवल उपमहानगरपालिका–८, सुख्खानगरस्थित कलश होटलमा गैँडाका खाग तस्करहरु बसेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीमाथि तस्करले नै गोली चलाएका हुन्। गोली लागेर घाइते भएका व्यक्तिको पहिचान खुलाइएको छैन।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले होटलमा तस्कर रहेको सूचानाका आधारमा पुगेको प्रहरी टोलीको पेस्तोल खोसेर प्रहरीमाथि नै प्रहार गर्ने क्रममा तस्करलाई नै लागेको बताए।

उनले प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको र एक जना फरार भएको जानकारी दिए।

घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।