एजेन्सी : पेरिस सेन्ट जर्मेन (पीएसजी) का फर्वाड केलियन एम्बाप्पेले एक सय गोल पुरा गरेका छन् । शनिवार राति भएको खेलमा पीएसजीले मोन्टपेलियरलाई ३–१ ले पराजित गरेको खेलमा एम्बाप्पले सय गोल पुरा गरेका हुन् ।
एन्जल डी मारियाको पासलाई सदुपयोग गर्दै कोलिन डाग्बाले पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । घरेलु टोलीका स्टेफी माविदिदी ४१ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।
मोइस केनले कठिन कोणबाट गोल गर्दै पीएसजीलाई पुन २–१ को अग्रता दिलाए । दोस्रो हाफको इन्जुरी समयमा एम्बाप्पेले पीएसजीबाट सय गोलको कोशेढुङ्गा पार गरे ।
उनले १ सय ३७ खेलमा सय गोल पुरा गरेका हुन् । उनी पीएसजीबाट सय गोल पुरा गर्ने पाँचौ खेलाडी बनेका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP