सुनको मुल्य घट्यो

सुनको मुल्य घट्यो

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य आज तोलामा २ सयले घटेर छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार २२५ निर्धारण गरिएको छ ।

शुक्रबार सुनको मूल्य ९२ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२१० रहेको महासंघले जनाएको छ ।