सुनसरी : सुनसरीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ। भोक्राहा नर्सिङ गाउँपालिका-८ की १० वर्षीया रेहना खातुनको मृत्यु भएको हो।
बुधबार बिहान पौने १० बजे को २ त २०२३ नम्बरको ट्याक्टरले को ११ प १२०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।खातुन मोटरसाइकलमा सवार थिइन्।
ठक्करपछि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कबिन्द्रकुमार कार्कीले जानकारी दिए। ठक्कर दिने ट्याक्टर र चालक सुनसरी गढी-२ का ३५ वर्षीय अनिल उराउ प्रहरी नियन्त्रण छन्।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP