कोहलीको कीर्तिमानमा अष्ट्रेलियालाई ३०३ रनको लक्ष्य

मंसिर १७, २०७७

सुनसरी : कप्तान विराट कोहलीको कीर्तिमानी पारीमा भारतले अष्ट्रेलियाविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीयमा ३०३ रनको लक्ष्य प्रस्तुत गरको छ । 

मानुका ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै ३०२ रन बनाउन सफल भएको हो । 

भारतका लागि हार्दिक पाड्या, कप्तान विराट कोहली र रविन्द्र जडेजाले अर्धशतकीय पारी खेले । ७६ बल खेलेका पाड्याले ७ चौका र १ छक्काको सहयोगमा ९२ रनको योगदान गरे । 

त्यस्तै ७८ बल खेलेका कोहलीले ५ चौकाको सहयोगमा ६३ रन बनाए । कोहलीले आजको खेमला एकदिवसीय क्रिकेटमा कम इनिङसमा १२ हजार रन पूरा गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । उनले भारतीय टोलीका पूर्व खेलाडी सचिन तेन्दुलकरको नाममा भएको कीर्तिमान भङ्ग गरेका हुन् । 

भारतका लागि ५० बल खेलेका जडेजाले ५ चौका र ३ छक्काको सहयोगमा ६६ रन बनाउन सफल भएका हुन् । भारतका लागि सुभम गिलले ३३ रन बनाउँदा शिखर धावनले १६ रन बनाउन सफल भए । 

बलिङतर्फ अष्ट्रेलियाका लागि एस्टोन अगरले दुई विकेट लिए । त्यस्तै जोस हजेल, सेन अबोट र आदम जाम्पाले समान एक–एक विकेट लिए । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP