मुम्बई । बलिउड अभिनेता सन्नी देओल कोरोना संक्रमित भएका छन् । सन्नी आफैले ट्वीट गरेर आफूमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।
सन्नीले आफ्नो कोरोना टेष्ट गराएका थिए । जसमा रिपोट पोजेटिभ आएको छ । सन्नी पछिल्लो समय मनालीको दशाल गाउँमा रहेका छन् । उनी परिवार सहित केही अगाडि मनाली पुगेका थिए । उनी आउँदा पनि परिवारसहित उनको पनि कोरोना टेष्ट गरिएको थियो । सो समय सबैको रिपोट नेगेटिभ आएको थियो ।
उनका परिवार भने मनालीबाट फर्किसकेका छन् । उनी पनि भोलि फर्किने तरखरमा थिए । त्यसैले पनि उनले कोरोना परीक्षण गराएका थिए । उनमा संक्रमण भेटियो । अहिले उनी स्वस्थ्य रहेका र कटेजमा बसिरहेको समाचारमा जनाइएको छ ।
सन्नी देओलका मनालीको साथ गहिरो नाता रहेको छ । उनी आफ्नो धेरै समय मनालीमा बिताउने गर्दछन् । उनले छोरा कर्ण देओललाई लिएर बनाएको फिल्म ‘पल पल दिल के पास’को सबै सुटिङ समेत मनालीमा गरेका थिए । मनाली फिल्मसिटी बनाउने उनको सपना पनि रहेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP