सुनको मूल्य फेरि ५०० ले बढ्यो

सुनको मूल्य फेरि ५०० ले बढ्यो

काठमाण्डाै : सुनको भाउ आज फेरि बढेको छ । आज तोलामा फेरि पाँच सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार विश्व बजारमा अस्थिरताका कारण भाउ बढेको हो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय १० डलर पुगेको छ । सुनको भाउ हिजो पनि पाँच सय रुपैयाँले बढेको थियो  ।

यस्तै, आज चाँदीको भाउ पनि ३० रुपैयाँले बढेर तोलाको ११ सय ८५ रुपैयाँ पुगेको छ ।