मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मंसिर १७, २०७७

धनगढी : कैलालीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

जिल्लाको टीकापुर नगरपालिका–१ मा भएको गएराति से ४ प ६५६५ नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार बर्दगोरिया गाउँपालिका–६ का ४६ वर्षीय रमेश बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मोटरसाइकल दुर्घटनामा घाइते बिष्टको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए । 

मोटरसाइकल चालक टीकापुर नगरपालिका–१ का टेकबहादुर बिष्ट र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP