भिजिट भिसामा वैदेशिक रोजगारीमा नजान विभागको आग्रह

भिजिट भिसामा वैदेशिक रोजगारीमा नजान विभागको आग्रह

काठमाडौं : पछिल्लो समय यूएईलगायत देशमा गैरकानुनी रुपमा रोजगारीको लागि जानेको संख्या बढेको छ । यूएईलगायत देशमा आकर्षक सेवा सुविधाको प्रलोभनमा विभिन्न व्यक्ति तथा संस्थाहरु समेत संलग्न भई भिजिट भिषामा रोजगारीको लागि श्रमीकहरु गएकोमा वैदेशिक रोजगार विभागले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।  

गैरकानुनी प्रकृया र बाटो अवलम्वन गरी भिजिट भिषामा श्रमका लागि गएका नेपाली नागरिकहरु ठगिने क्रम शुरु भएको र  विभागमा उजूरीसमेत प्राप्त हुन लागेको विभागले एक विज्ञप्ती जारी गर्दे जनाएको छ ।

अवैधानिक रुपमा श्रमका लागि भिजिट भिषामा गएका व्यक्तिहरुको सेवा, शर्त तथा विधाका सम्बन्धमा वैदेशिक  रोजगार ऐन तथा नियमावली, २०६४ आकर्षित नहुने र उक्त व्यक्तिलाई शारीरिक, मानसिक हिंसा भएमा वा कानुनी जटिलता गन्तव्य मुलुकमा उत्पन्न भएमा स्वयं व्यक्ति नै जिम्मेवार हुने र यस्तो कार्य प्रचलित कानुनको बिपरित भएकाले त्यस्ता व्यक्ति तथा संस्थाहरुलाई  कारभाई हुने समेत उक्त विज्ञप्तीमा जनाइएको छ ।