बैठकअघि बालुवाटारमा केक काटियो

बैठकअघि बालुवाटारमा केक काटियो

सुनसरी : नेकपा सचिवालयको बैठकअघि प्रधानमन्त्री निवास बालुवाटारमा केक काटिएको छ । पार्टी महासचिव अर्थमन्त्री विष्णु पौडेलको जन्मदिनको अवसरमा बालुवाटारमा केक काटिएको हो । 

पौडेलको आज ६२औं जन्मदिन परेको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतले पौडेललाई केक खुवाएका थिए ।