डीआइजी पोखरेल एआइजीका लागि सिफारिस

डीआइजी पोखरेल एआइजीका लागि सिफारिस

काठमाडौं : नेपाल प्रहरीका डीआइजी विश्वराज पोखरेललाई एआइजीमा बढुवाका लागि सिफारिस गरिएको छ ।

सोमबार गृह मन्त्रालयमा बसेको बढुवा सिफारिस समितिको बैठकले पोखरेललाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा गठित एआइजी बढुवा सिफारिस समितिमा प्रधानमन्त्री कार्यालयका सचिव सदस्य छन् ।

समितिमा प्रहरी महानिरीक्षक (आइजीपी) सदस्यसचिव रहने व्यवस्था छ ।