नेपालका ए डिभिजन फुटबल क्लब एएफसीका लागि अयोग्य

नेपालका ए डिभिजन फुटबल क्लब एएफसीका लागि अयोग्य

काठमाडौं : शीर्ष डिभिजन लिगका १३ क्लबले गरेको ए लाईसेन्स प्रक्रिया आवेदनमा एसियाली फुटबल फेडेरेशन (एएफसी)ले अस्विकार गरेको छ ।

अखिल नेपाल फुटबल संघ ९एन्फा०ले नयाँ सिजन २०२१ को एएफसी क्लब प्रतियोगिताको सहभागीताका लागि गरेको क्लब आवेदनमा एएफसीले मापदण्ड नपुगेको भन्दै प्रस्ताव अस्विकृत गरेको हो ।

एन्फाले सोमबार ए डिभिजनका १३ क्लबले दिएको लाईसेन्स आवेदन रद्ध भएको जनाएको छ । यस पटक लिगमा घटुवा भएको सरस्वती क्लबले भने लाईसेन्सका लागि आवेदननै दिएन ।

ए लाइसेन्स प्रक्रिया लगभग नजिक पुगेको विभागीय आर्मी क्लबलाई एएफसीले आर्मीको प्रतिबद्धता र प्रयासलाई प्रशंंसा समेत गरेको छ । यस अघिनै एन्फाले आवश्यक कागजातहरु नपुगेको भन्दै शीर्ष डिभिजनका क्लबलाई एएफसीको लाईसेन्सको सिफारिस नगर्ने बताउँदै आएको थियो ।

एन्फाले यस पटकबाट ए डिभिजन लिग खेल्न एन्फा लाईसेन्स अनिबार्य गरेको छ । गत बर्ष गलत तरिकाले क्लबलाई लाईसेन्स वितरण गरेको भन्दै एएफसीले एन्फालाई ठुलो रकम आर्थिक जरिवाना गरेको थियो ।

एएफसीले एन्फालाई तत्काल १० हजार डलर जरिवाना गरेको थियो । गल्तीमा सुधार नगरेमा प्रतिबन्ध सहित ३५ हजार डलर भन्दा बढी जरिवाना गर्ने चेतावनी दिएको थियो ।

एन्फाको क्लब लाईसेन्सिङ कमिटिको आवश्यक कागजात नपुगेको भन्दै शीर्ष डिभिजनका क्लबलाई एएफसीको लाईसेन्सको सिफारिस नगर्ने निर्णय गरेको हो ।

एएफसीले लाइसेन्सका लागि मापदण्डहरु तयार गरेको छ । क्लबले लाइसेन्स पाउन आफ्नै स्वामित्वको फुटबल मैदानदेखि युवा टोली लगायतका प्रावधान लाइसेन्सका लागि अनिवार्य गरिएको छ ।

एएफसीको क्लब लाईसेन्स नपाएपछि अब कुनैपनि क्लबले एएफसीले आयोजना गर्ने प्रतियोगिता खेल्न पाउने छैनन् । लिग च्याम्पियनको हैसियतमा ए डिभिजन क्लबले एएफसी कप खेल्दै आएका थिए । तर अब एएफसीको क्लब लाईसेन्स नपाएपछि एएफसीले आयोजक गर्ने एएफसी कप नेपाली क्लबले खेल्न पाउने छैनन् ।