प्रधानमन्त्री ओली पनि टिकटकमा

प्रधानमन्त्री ओली पनि टिकटकमा

सुनसरी : प्रधानमन्त्री केपी शर्मा ओलीको पनि टिकटक एकाउन्ट सञ्‍चालनमा आएको छ । युवापुस्तामा लोकप्रिय बनिरहेको भिडियो सेयरिङ एप टिकटकमा प्रधानमन्त्रीले आइतबार एकाउन्ट खोलेका हुन् ।

यो एकाउन्ट भेरिफाइडसमेत भइसकेको छ । प्रोफाइलमा प्रधानमन्त्रीको फोटो भने राखिएको छैन । अहिलेसम्म एउटा मात्र भिडियो पोष्ट भएको अकाउन्टलाई २६ सय जनाले फलो गरेका छन् ।