एजेन्सी : बलिउड अभिनेत्री आलिया भट्ट र उनका प्रेमी तथा बलिउड अभिनेता रणवीर कपूर छिमेकी बनेका छन् । हालै आलियाले ३२ करोड (भारतीय रुपियाँ) मा एक फ्ल्याट किनेकी छिन् । उक्त फ्ल्याट वास्तु पाली हिल कम्प्लेक्समा रहेको छ । त्यसै कम्प्लेक्समा रणवीर कपूर पनि बस्दै आएका छन् ।
अब आलिया उक्त अपार्टमेन्टको पाचौँ तलामा बस्ने छिन् भने रणवीर कपूर पनि त्यसै अपार्टमेन्टको सातौँ तलामा बस्ने गर्छन् ।
आलियाको जुहू क्षेत्रमा एउटा फ्ल्याट छ । उनले उक्त फ्ल्याट १३ करोड ( भारतीय रुपियाँ) मा किनेकी थिइन् । उक्त फ्ल्याटमा उनकी बहिनी पनि बस्ने गर्छिन् । उनले उक्त फ्ल्याट सन् २०१९ मा किनेकी थिइन् । भारतबाहेक लण्डनमा पनि उनको सम्पत्ति रहेको छ । मिडिया रिपोर्टका अनुसार आलियाले लण्डनमा सन् २०१८ मा सम्पत्ति खरिद गरेकी थिइन् ।
आलियाले किनेको नयाँ घरको इन्टेरियर डिजाइनको जिम्मा गौरी खानले लिएकी छिन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP