सुनसरी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोभिडको संक्रमण अझ फैलन सक्ने भएकाले थप सजग हुँदै तयारीलाई बढाउनुपर्ने बताएका छन्। मुख्यमन्त्री भट्टले कोभिड-१९ को महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, स्वयंसेवक तथा बिरामीको सुरक्षा अभिवृद्धिका लागि सेती प्रादेशिक अस्पताल धनगढी, कैलालीलाई सुरक्षा सामग्री तथा उपकरण हस्तान्तरण गरेका थिए।
सेती प्रदेश अस्पतालका मेडिकल सुपरिटेडेन्ट डा हेमराज पाण्डेलाई सामग्री हस्तान्तरण गर्दै उनले भने, “रेडक्रसले सरकारको सहयोगीको कार्य गर्दैछ र निष्पक्षतालाई ध्यान दिदै थप सहयोग गर्न रेडक्रस लगायतको संस्थालाई अनुरोध गर्दछु।”
हस्तान्तरण गरिएका सामग्रीमा रु १६ लाख ३२ हजार आठ सय पचास मूल्यको आइसियुमा प्रयोग हुने एक भेन्टिलेटरका साथै ६ हजार सर्जिकल मास्क, २५०० जोडी सर्जिकल पन्जा, ५० थान सुरक्षा पोशाक, केएन ९५ मास्क २०० थान र २५ थान सुरक्षा चस्मा वटा रहेका कार्यक्रमको सञ्चालन गर्दै नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए। ती सामग्रीहरुको जम्मा मूल्य १८ लाख ५१ हजार एक सय रहेको छ।
नेपाल रेडक्रस र कोकाकोला नेपालको साझेदारीमा यस्ता कार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै नेपाल रेडक्रसका केन्द्रीय महामन्त्री पिताम्बर अर्यालले कोरोना सङ्क्रमणको जोखिममा रही अग्रपंक्तिमा रहेर कार्य गर्ने स्वास्थ्यकर्मीको शुरक्षा र बिरामीको सघन उपचारमा यी सामग्रीले मद्दत पुर्याउने बताए
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP