इटहरी : इलाम नगरपालिकाका लागि नेपाल इन्फोका प्रतिनिधिका रुपमा सुवेन्द्र राईलाई नेपाल इन्फो प्रधान कार्यलयले चयन गरेको छ । इलाम पनि डिजीटल माध्यममा अघि बढ्दै गएकोले नेपाल इन्फोले आफ्नो सेवा बिस्तार गरेको प्रधान कार्यलयले जानकारी गराएको छ।
प्रधान कार्यलयका अनुसार नेपाल इन्फो एउटा मोबाइल एप्लिकेशन हो, जसलाई सजिलैसंग प्ले स्टोर र एप स्टोरमा गएर डाउनलोड गर्न सकिने छ ।
यो डिजीटल नेपालको अवधारणालाई मुर्त रुप प्रदान गर्ने दरिलो माध्यम बन्न सक्ने विश्वाका पूर्ण विवरण भएको नेपालको पहिलो एप हो । जसको माध्यामबाट नेपालका व्यवसाय, उधम, उधोग , पर्यटकीय स्थल, स्थानीय सरकार र आम नागरिक डिजीटल युगको गन्तव्यमा प्रवेश गर्ने छन् ।
नेपाल इन्फोको प्रधान कार्यालय इटहरीमा गरि नेपालका को विभिन्न शहरमा शाखा विस्तार गर्ने क्रममा अहिले इलाममा यसको शाखा विस्तार हुन् लागेको हो ।
इलाम प्रतिनिधि राईका अनुसार अब चाडै इलामले डिजिटल इलामको लक्ष्य प्राप्तिका लागि कार्य अगाडी बडाउने जानकारी दिए ।
नेपाल इन्फोको प्रतिनिधि बन्नका लागि http://nepalinfo.net/join-us/ मा बुझ्न सक्नु हुनेछ ।
Copyright © 2022, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP