बल्ल सागको खर्च विवरण सार्वजनिक

मंसिर १४, २०७७


काठमाडौं : १३औँ दक्षिण एसियाली खेलकुद (साग) आयोजना गर्दा १ अर्ब ३७ करोड रुपैयाँ खर्च भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेश कुमार सिलवालले बुधबार पत्रकार सम्मेलन गर्दै सागको हिसाबकिताब सार्वजनिक गरेका हुन्।

प्रतियोगिता भएको ९० दिनभित्र हिसाब सार्वजनिक गर्ने प्रतिबद्धता जनाए पनि सदस्यसचिव सिलवालले १ वर्षमा हिसाब सार्वजनिक गरेका हुन्।

साग आयोजना गर्दा आम्दानी र खर्च बराबर भएको सदस्यसचिव सिलवालले बताए।

काठमाडौं, पोखरा र जनकपुर गरी तीन स्थानमा भएको प्रतियोगितामा काठमाडौं सचिवालयका लागि ६ करोड ७४ लाख ५६ हजार ४ सय ७९ रुपैयाँ ५ पैसा खर्च भएको जनाएको छ।

यस्तै पोखराका लागि ७ करोड ६२ लाख ९८ हजार २ सय २४ र जनकपुरका लागि ८० लाख ३७ हजार २ सय १२ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।

राखेपाका अनुसार उक्त खेलकुद प्रतियोगिता आयोजनाका लागि नेपाल सरकारले १ अर्ब २३ करोड १८ लाख ४८ हजार रुपैयाँ दिएको थियो।

त्यस्तै टिकट बिक्रीबाट २ करोड ६७ लाख ११ हजार ६ सय ७५ रुपैयाँ, विज्ञापनबाट २० लाख ९९ हजार १ सय ५० रुपैयाँ र सहभागी राष्ट्रहरुबाट ११ करोड २१ लाख ३५ हजार ५ सय ९८ रुपैयाँ प्राप्त भएको थियो।

उक्त आम्दानीको तुलनामा खर्चअनुसार संलग्न विवरण बमोजिम १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैयाँ, बैंक मौज्दात ३ करोड ५५ लाख ७१ हजार १ सय ३७ रुपैयाँ खर्च भएको छ। त्यस्तै, १ करोड ९३ लाख ८० हजार २ सय २४ रुपैयाँ फ्रिज भएको विवरणमा उल्लेख छ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP