सुमन अधिकारी
अपाङ्गता मानिस भन्नाले शरिरकाे कुनै वा पुरै शरिरले काम नगरि जीवन यापन गर्न कठिन हुने अवस्था हो। नेपालको जनगणना २०६८ ले पनि नेपालमा १.९४% मानिस छन् भनेकाे छ।
परिवारमा यस्ता कोहि मानिस छन भने परिवारले त्यसता मानिस विशेष स्यार सुसार गर्नुपर्दछ ।आफ्नो घर समाज अनि समाजका विभिन्न क्षेत्रहरू अपाङ्गता मैत्री बनाउनु पर्दछ।
अपाङ्गता भएका व्यक्तिहरूलाई पनि परिवारका अरु सदस्यसंगै माया एवम् विशेष रूपमा स्यार गरेर राखनु पर्दछ।जसका कारण उहाँहरुलाई पनि आफुप्रती हिन्नत बोध नहोस् ।अनि आफ्नो घर पनि अपाङ्गता मैत्री बनाउनुपर्छ जसले गर्दा व्हील चियर बैसाखी वा अन्य सायक सामाग्री प्रयोग गरेर अपाङ्गता भएका व्यक्ति सजिलै आफ्नो घरको सबै ठाउँमा पुग्न सकियोस् ।तर आज जो मानिस पुर्ण वा आंशिक रूपले अपाङ्गता हुनुहुन्छ उहाँहरुलाइ एउटा कोठाभित्र थुनेर राखेको देखिन्छ अनि उहाँहरुलाइ कसरत नगराई उहाँहरुलाइ हिड्छन भनेर आश राखिन्छ ।
आफ्नो अभिभावकले नै सन्तानलाई एउटा पशु झै एक कोठामा रखेपछी कसरी सन्ततिको समग्र विकास हुन्छ त?आफ्नो सन्तानलाई अगाडि बढाउन चहाने आमाबाबु दाजुभाइ दिदीबहिनीलाई पनि कसरी अगाडि बढाउने थाहा नहुदा उहाँहरु अन्योलमा हुनुहुन्छ ।त्यसैले अब यस विषयको बुज्रुकहरुले(डाक्टर, फिजियोथेरापिस्टहरुले) अपाङ्गतालाइ साथमै लिइ अगि बढन कस्तोकस्तो कुरामा ध्यान दिनुपर्छ सो कुरा सबैलाई जानकारी हुनेगरी रेडियो टेलिभिजन जस्ता मिडिया अनि सामाजिक सन्जालहरुमा ब्यापकरुपमा सन्देश प्रवाह गर्नु आवश्यक देखिन्छ । यसैगरी म अब समाजको दाइत्तो का विसयमा आफ्नो बिचार राख्दै छु।
हाम्रो समाजमा भएका अन्य व्यक्तिहरूले यस्ता व्यक्तिहरूको आत्मबल बडाउनुको सट्टा लाटो अन्धो शब्दले उहाहरुको चित्त दुखाइन्छ।के समाजको मानिसले गर्ने यस्तो व्यहारले उनिहरुको समर्ग विकास हुन्छ त?हाम्रो समाजमा अझै पनि अपाङ्गता भएको व्यक्तिलाई कस्तो शब्दावली प्रयोग गर्ने अझै अन्योलमा छ भने अपाङ्गताको भएको व्यक्तिको उत्थान हुने कार्यहरू कति भएको होला आफैं अनुमान लगाउन सक्नु हुन्छ ।हाम्रो समाजमा कोहि अपाङ्गता भएका मानिस छन भने सो अवस्था पुर्ब जन्मको पाप हो भन्ने चलन छ।सो आन्धविस्वास मानिसमा कहिलेसम्म राख्ने? मेरो प्रश्न समाजका मनिषहरुलाइ यहीँबाट छ ।
नेपालिमा एउटा उखान छ नि ओराली लागेको मृगलाइ बाछले पनि लखेटछ त्यो उखान पनि हाम्रो समाजमा लागू भएको छ।जहाँ समाजका मानिसले आफ्नो सन्ततिलाई अपाङ्गता भएका मानिसदेखी डर देखाइन्छ, सोही कारण हर बालापनका उमेरका मानिस यस्ता मानिसदेखि डरौछन, फल स्वरुप बालबालिकामा यस्ता व्यक्तिप्रती घृणता जगेर आउछ।तर बालबालिकालाइ सानैदेखि यस्ता व्यक्तिलाई सहयोग गर्न सिकाइएको भए उनिहरुमा सहयोग एवम् परोप्रकारको भावना पलाउथो कि? सोच्ने बेला आएको छ ।अनि समाजका हरेक ठाउँ( सडक, सार्वजनिक सौचालय, सार्वजनिक तथा निजि कार्यलय विद्यालय जस्ता ठाउँहरुलाइ) अपाङ्गता भएका मैत्री बनाउन अति आवश्यक छ । यसैगरी हाम्रो राष्ट्रियले यस्ता व्यक्तिलाई भत्ता दिन्छ, त्यो साथसाथै विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र विभिन्न ठाउँमा खोलिन अति आवाश्यक छ जहाँ उहाहरुले “फिजियोथेरापी, अकुपेसन, थेरापी स्पीच थेरापी” लगायतका कुराहरू सिकी समाजमा घुलमिल हुने वातावरण सृजना हुन्थ्यो जसका कारण सधैभरी एउटै घर वा कोठामा एक्लै बस्नुपर्ने बाध्यताको अन्त्य हुन्थ्यो ।त्यसैगरी उहाँहरुको अभिभावकले पनि आफ्नो सन्तान सुरक्षीत ठाउँमा भएपछि उहाँहरुपनि केही पेशा गर्न सक्नुहुन्थ्यो ।
सो कुरा “अपाङ्गता भएको व्यक्तिको एन २०७४ को परिच्छेद ७ को दफा २९ मा” पनि प्रष्ट रुपमा उल्लेखित छ ।राष्ट्रियले यस्ता व्यक्तिलाई भनेर विभिन्न ठाउमा कोटा खुलाउछ तर अचम्म पर्छु जब यस्तो कोटामा रुखबाट लडेर हात भाचिएकाले पनि कार्ड बनाइ वा त भनौ सामान्री एउटा औलो छोटा भएकाले जागीर खाई कोटा पुरा गर्छन् ।यो एक लाजमर्दो कुरा होइन र? त्सलैले अब हाम्रो देश्को मिडियाहरुले पनि अपाङ्गता भएका व्यक्तिको समस्या पनि सबैक सामुन्ने स्पष्ट पर्नु पर्दछ र उनीहरुको जीवन यापनमा केही सहजता पर्न मद्दत गर्नु पर्दछ । अनि अरु मनिषलाई त्यि कोटासम्म पुराउन समाज वा परिवारले त्यि मानिसलाई पनि आत्मबल बडाउनु पर्दछ।सरकारले यस्ता व्यक्तिको निम्ति प्ररिक्षामा विशेष व्यस्था गरेको छ ।तर जस्लाइ लेख्न अप्ठ्यारो हुन्छ र बोली बुजिन्न उसलाई के गर्ने त्यसैले योजना बनाउदा सबैलाई हुने बनाउनु पर्छ।सो कुरा “अपाङ्गत भएका व्यक्तिको एन २०७४ को परिच्छेद ५ को दफा २१ को उपदफा १० मा” प्रष्ट रुपमा उल्लेखित छ ।
अन्त्यमा भन्नुपर्दा घरपरिवार, समाज स्थानीय स्तरदेखी राष्ट्रिय स्तरसम्म सबै ठाउँमा अपाङ्गता मैत्री भवन व्यवहार तथा उहाँहरुको उथान हुने खालको कार्य प्रयाप्त रुपमा अघि बढाइ अपाङ्गता एन २०७४ लाई अपाङ्गता भएका व्यक्तिलाई अनुभुती हुनेगरी घर समाज स्थानीय सरकार प्रदेश सरकार तथा केन्द्रिय सरकारले व्यवहारमा कार्योनयन गर्न अति आवश्यक देखिन्छ । तबमात्र उहाँहरुको मुहारमा पनि मुस्कान फर्काउन सकिन्छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP