कंगनाको घर नभत्काउन अदालतको आदेश

कंगनाको घर नभत्काउन अदालतको आदेश

बलिउड अभिनेत्री कंगना रनावतको घर भत्काउन मुम्बई महानगरले दिएको आदेशलाई उदालतले रोकिदिएको छ ।  मुम्बई उच्च अदालतले शुक्रबार मुम्बई महानगरपालिलाई कंगनाको घर नभत्काउन आदेश दिएको हो । 

अदालतले यो घटनामा उनको कुनै दोष नभएको र यसो गर्दा उनलाई हानी हुने भन्दै यस्तो निर्णय गरेको हो । महानगरपालिकाले ९ सेप्टेम्बरमा उनको घरको एक हिस्सा भत्काएको थियो ।

महानपरपालिकाले यस्तो कदम त्यतिबेला चालेको थियो जतिबेला कंगना बलिउडका अभिनेता  सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणलाई लिएर महाराष्ट्र सरकारसँग घटनाको निष्पक्ष छानबिन होस् भनेर निरन्तर आवाज उठाइरेकी थिइन् । 

यतिमात्र होइन, यो विषयलाई लिएर कंगना र शिवसेनाका सांसद सञ्जय राउतबीच चरम विवाद भइरहेको थियो । कंगनाको घर भत्काउने महानगरपालिकाको निर्णयलाई लिएर व्यापक विरोध भएको थियो । धेरैले महानगरपालिकाको यो कदम राजनीतिक स्वार्थले प्रेरित भएको भन्दै विरोध गर्दै आएका थिए। 

महानगरपालिकाले कंगनाको घर गैरकानुनी रुपमा निर्माण भएको भन्दै भत्काउने निर्णय गरेको थियो ।