काठमाडौं : काठमाडौंमा नेपाल र भारतबीच विदेश सचिवस्तरीय बैठक सुरु भएको छ । बिहीबार भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गला काठमाडौं आएपछि बैठक सुरु भएको हो ।
काठमाडौंमा सुरु भएको सचिवस्तरीय वार्तामा नेपाली टोलीको परराष्ट्र सचिव भरतराज पौडेलले नेतृत्व गरेका छन् भने भारतीय टोलीको नेतृत्व भारतीय श्रृंलाले गरेका छन् ।
नेपाल–भारत संवादहिनता गत कात्तिक ५ गते भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयल दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आएसँगै तोड्ने क्रम सुरु भएको थियो । यसपछि भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरभाणे कात्तिक १९ गते नेपाल भ्रमणमा आए ।
एक महिनाको बीचमा भारतबाट लगातार नेपाल भ्रमण भएपछि चीनले पनि आफ्नो प्रतिनिधि नेपाल पठाउने भएको छ । रअ प्रमुख गोयल, सेनाध्यक्ष नरभाणे र अहिले विदेश सचिव श्रृंगलालाई नेपाल पठाएर भारतले नेपालमा आफ्नो प्रभाव कायम राख्न सम्बन्ध सुधार्न पक्षमा देखिँदा चीनले आफ्नो प्रभाव जमाउन खोज्दैछ ।
सत्तारुढ नेकपाभित्रको आन्तरिक विवाद व्यवस्थापनमा राजदूत होउ यान्छीलाई सक्रिय बनाउएको चीनले आउँदा आइतबार रक्षामन्त्री वेई फङ्गहलाई काठमाडौं पठाउँदैछ ।
सीमा विवादपछि कूटनीतिकस्तरमा भारतसँग छलफलमा बसेको नेपाल भ्रमणमा चिनियाँ रक्षामन्त्री फङ्गह आउन लागेका हुन् । तर, नेपाल सरकारले भारत र चीन कार्ड खेल्न खोजेको आरोप लागेको छ ।
काठमाडौंमा नेपाल भारत सचिवस्तरीय बैठक चलिरहेका बेला बसेको संसदीय सुनुवाई समितिमा सांसदहरुले सरकारले भारत र चीन कार्ड खेल्न खोजेको आरोप लगाएका हुन् । तर, यस आरोपलाई परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले खण्डन गरेका छन् ।
नेपालले कुनै कार्ड खेल्न नखोजेको जवाफ दिँदै मन्त्री ज्ञवालीले भारत र चीनलाई ‘मिलेर अगाडि बढ्न चाहन्छौं’ भन्ने नेपालले सन्देश दिने बताए । यसबारे थप उनले भने, ‘नेपाल जस्तो देशले कार्ड खेलेर खेलिने मित्रराष्ट्र भारत होला र ? मित्रराष्ट्र तीन होला र ? होइन होला ।’
नेपालले कुनै कार्ड खेल्दैमा नखेलिने बताएका उनले चीन र भारत ग्लोवल पावरको रुपमा अगाडि आइरहेका बेला नेपालले कुनै कार्ड खेल्दैमा नखेलिने स्पष्ट पारे ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP