नेप्से अल टाइ हाइ : सूचक १९ सय माथि उक्लियो

नेप्से अल टाइ हाइ : सूचक १९ सय माथि उक्लियो

काठमाडौं : औपचारिक कारोबार सुरु हुनुभन्दा अघि नै १८ अंकले बजार बढ्दा नेपाल स्टक एक्सचेञ्ज परिसूचक नेप्सेमा नयाँ रेकर्ड बनेको छ । ४ वर्षअघि १ हजार ८ सय ८१ अंकसम्म पुगेर ओरालो लागेको नेप्सेले त्यो विन्दुलाई पार गरेको हो । 

बुधबार १ हजार ८ सय ७४ अंकमा बन्द भएको बजार परिसूचक बिहीबार बिहान प्रिओपनिङ सेसनमै करिब २० अंकले बढेर १ हजार ८ सय ९४ बाट कारोबार सुरु भएको हो । बैंक र विकास बैंकको समूहले आजको समग्र बजारको नेतृत्व गरिरहेको छ ।