इटहरीमा १६ दिने लैङ्गिक हिंसा विरुद्ध कार्यक्रम

इटहरीमा १६ दिने लैङ्गिक हिंसा विरुद्ध कार्यक्रम

इटहरी : घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्गिक हिंसा रहित समाज भन्ने नाराका साथ मङ्सिर १० गतेबाट देशैभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ ।

पछिल्लो समय हिंसाका घटनाहरूको अभिलेख बढेका कारण समाजमा जागरण ल्याउने उद्धेश्यले आजदेखि १६ दिनसम्म देशैभर विशेष अभियान सञ्चालन गरिने राष्ट्रिय महिला आयोगले जनाएको छ ।

प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिएको छ ।

सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।

इटहरीमा पनि लैङ्गिक हिंसा विरुद्ध विभिन्न कार्यक्रम संचालन गरिएको छ ।

कोरोना कहरमा पनि लैङ्गिक हिंसा विरुद्ध कार्यक्रम लिएर समुदायमा पुग्न साथै सामाजिक दुरि र स्वास्थ प्रोटोकल पालना गर्दै बस्ती स्तर सम्म कार्यक्रम पुर्याएको उपमेयर लक्ष्मी गौतमले बताए ।