तोलामा १८ सयले सुनको भाउ घट्यो

तोलामा १८ सयले सुनको भाउ घट्यो

सुनसरी : एक हजार ८ सय रुपैयाँले तोलामै सुनको भाउ एकैदिन घटेको छ । सोमबारको बजार भाउको तुलनामा सुनको भाउमा ठूलो गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा खरिद बिक्री भएको सुनको भाउ मंगलबार ९२ हजार पाँच सय रुपैयाँमा झरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा हिजोदेखि अहिलेसम्म प्रतिऔंश झण्डै १० अमेरिकी डलरले सुनको भाउ सस्तो भएको थियो । कोभिडसँगै सुनको उत्पादनमा भएको बृद्धिले पनि भाउ घट्न थालेको बताइएको छ ।