समाजमा मदिरालाई पूर्ण रुपमा नियन्त्रण गर्न नसकिने भएकाले यसलाई व्यवस्थापन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । मदिरालाई कुनै निश्चित क्षेत्रमा व्यवस्थापन गर्न सकिने उनीहरुको भनाई छ ।
ऋति फाउण्डेसनले आयोजना गरेको ‘मदिरा निषेध किव्यवस्थापन’ सम्बन्धी भर्चूअल लेट्स स्पिकमा सरोकारवाला हरुले बाहिरबाट आयातित मदिरामात्रै विक्र नगरी स्थानिय उत्पादनको निर्मलिकरण, प्याकेजिङ आदि गरेर निर्यात गर्न आवश्यक रहेको बताएका हुन । कार्यक्रममा मदिरा व्यवसायी संघ रुकुम पश्चिमका अध्यक्ष नविन खड्काले मदिरालाई कुनै निश्चित स्थानमा व्यवस्थापन गर्नुपर्ने बताए ।
‘कतिपय स्थानीय तहले मदिरा नियन्त्रण गर्ने निती लिए पनित्यो हुन सकेको छैन,’उनले भने, ‘व्यवसायीलाई कुनै निश्चित मापदण्ड नहुँदा साना व्यवसायी मर्कामा परेका छन् । ठूला व्यसायीहरुले बेचिरहेका छन् ।’
‘अहिलको अवस्थामा मदिरालाई पूर्ण रुपमा नियन्त्रण गर्न सम्भब छैन,’उनले भने, ‘यसलाई व्यवस्थित गर्नतर्फ अघि बढ्नुपर्छ । सके सम्ममदिरा सेवनन गरौँ यदि गर्नै पर्ने छ भने व्यवस्थि ततरिकाले गरौँ ।’ उनले स्थानीय सरकारले मदिरालाइ बन्द नभइ व्यवस्थीत गर्ने नीति ल्याए व्यवसायीहरुले पुर्ण रुपमा सहयोग गर्ने बताए ।
कार्यक्रममा सुर्खेतका व्यवसायी दिनेश खत्रीले मदिरालाई पूर्ण रुपमा बन्द गर्न सम्भव नभएको बताए । ‘यसलाई कदापी रोक्न सकिदैन,’उनले भने, ‘यसलाई व्यवस्थापन गर्नु आवश्यक छ । अहिले कतिपय ठाउँमा मदिरा नियन्त्रणको नाममा मदिरा बरामद गरेर नष्ट गरिएको पाइएको छ तर त्यो मानिसले फेरी मदिराको कारोबार गरेको पाइएको छ । व्यवसायीहरुले लुकेर बेच्नुपर्ने अवस्था सिर्जना भएको छ । मदिरालाई बनाउन उसले आफ्नो पेशा ठान्छ भने त्यसलाई व्यवस्थित गर्नुपर्छ ।’
चामुण्डा विन्द्रासैनी नगरपालिका दैलेखका शिक्षक शिव पौडेलले मदिरा बिक्रि वितरणको लागि निश्चित क्षेत्र र मापदण्डहरु बनाउनुपर्ने बताए ।
कार्यक्रममा चामुण्डाबिन्द्रासैनी नगरपालिकाका उपप्रमुख तारा शाहीले मदिरा नियन्त्रण सम्बन्धी सबैको एउटै आवाज हुुनुपर्ने बताइन् ।
‘मदिराले हाम्रो समाजमा खलल पुर्याउने पहिलो कारक तत्व बनेको छ,’ उनले भनिन्, ‘मदिराकै कारणले हाम्रो समाजमा कयौँ हिंसाहरु भइरहेका छन् । बालबालिकाहरु समेत लागु पदार्थमा फस्ने अवस्था छ ।’
मदिरालाई पूर्ण रुपमा नियन्त्रण गर्न नसके पनि व्यवस्थापन गर्न सकिने उनको भनाई थियो । मदिराको लागिकुनै निश्चित क्षेत्रनै छुट्याएर तिनपुस्ते विवरण सहित तोकेर बिक्रि वितरण गनुैपर्ने र निशेष गरिएको ठाउँमा बिक्रीवितरण भएमा कडा कारवाहि हुनुपर्ने उनको भनाइ छ ।
चामुण्डा बिन्द्रासैनीनगरपालिले मदिरा नियन्त्रण सम्बन्धीकार्यविधि २०७५ जारी गरेको छ । जसमाकसैले नियमकानुनको उलंघन गरी घरेलु मदिरा उत्पादनतथाविक्रिवितरण गरेको पाइएमाउत्पादनगर्ने सामाग्री सहितपहिलो पटक तीनहजार, दोस्रो पटक पाँचहजार, तेस्रो पटक १० हजार र चौथो पटकमा १५ हजार जरिवानातोकिएको उपप्रमुखशाहीले जानकारी दिइन् ।
उपप्रमुख शाहीले राजश्व संकलनका नाममा समाजलाइ कुसंस्कारतिर लैजान नहुने जिकिर गरिन् । ‘हाम्रो नगरपालिकामा मदिरा धेरै विक्रि हुँदैन । त्यसबाट त्यति धेरै राजश्व पनि संकलन हुँदैन । राजश्व अन्य कृषिजन्य तथा अन्य उत्पादनबाट पनित उठाउन सकिन्छ ।’ उनले भनिन्, ‘अहिले हाम्रो पालिकामा कोरोनाका कारण गाउँमा धेरै युवाहरु भारत तथा अन्य मुलुकमा जान नपाएर वेरोजगार भएर बस्नुभएको छ । उहाँहरुले घरमा अलिअलि कमाएको पैसा पनि मदिरा सेवन गरेर सक्नुहुन्छ । यसले विभिन्न हिंसाका घटना पनि बढाएको छ ।’
वालअधिकार तथा सशक्तिकरणको क्षेत्रमा काम गर्दै आएकी सामाजिक अभियान्ता सजना सुनारले मदिराका कारण हाम्रो समाजमा महिलाका साथसाथै वालवालिका पनि पिडित भएको बताइन् । उनले वालवालिकालाइ मदिरा सेवनमा दुरुत्साहान गर्ने नीति आवश्यक भएको बताइन् ।
कार्यक्रममा सहभागिहरुले मदिराको स्थानिय उत्पादनलाइ राजश्वको दायरामा ल्याउने खालको नीति आवश्यक रहेको बताउँदै त्यसले स्थानियको आयआर्जनमा पनि फाइदा हुने बताए । उनिहरुले मदिरा निषेध सम्भव नभएको र त्यसले कालोबजारी निम्त्याउने भएकाले उचित व्यवस्थापन गर्नेखालको नीति ल्याउन आवश्यक रहेको बताए । कार्यक्रममा १५ जनाभन्दा बढि व्यवसायी, जनप्रतिनिधि, सामाजिक अभियान्ता, युवा, विद्यार्थि, पत्रकार, शिक्षक लगायतचका विभिन्न क्षेत्रका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP