१६ चिकित्सकद्वारा सामूहिक राजीनामा

कार्तिक १९, २०७७

वीर अस्पतालका इमर्जेन्सी विभागका १६ जना चिकित्सकले बुधबार सामूहिक राजीनामा दिएका छन्। आफ्ना माग सुनुवाई नभएको भन्दै अस्पतालका १६ जना चिकित्सकले बुधबार सामूहिक राजीनामा दिएका हुन्। 

उनीहरुले अस्पतालका निर्देशकलाई सामूहिक राजीनामा पत्र बुझाएका छन्। आफूहरुलाई ज्यालादारी भनेर दसैँतिहार भत्ता नदिएको, एक दिनको तलब कट्टा गरेर दिएको, उपयुक्त स्रोत सामग्री उपलब्ध नगराएको र चौबिसै घण्टा ड्युटीमा लगाउने गरेको राजीनामापत्रमा उल्लेख छ। 

अस्पताल प्रशासनले व्यवहारले आफूहरुको मनोबल कमजोर भएको उनीहरूको भनाइ छ। अस्पतालले स्वास्थ्य सुरक्षा मापदण्डको व्यवस्थापन नगर्दा जोखिम मोलेर काम गर्न बाध्य भएको उनीहरुको गुनासो छ। 

राजीनामा दिनेमा डा कौशलेन्द्र चौधरी, डा महेश गिरी, डा. कृष्टि थापा, डा राकेश कुमार सिंह, डा आयुषि शर्मा नेपाललगायत १६ जना चिकित्सक छन्। 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP