एक गाग्री पानी भर्न घण्टौ लाईन, पालो मिचे कुटाकुट

कार्तिक १७, २०७७

सुर्खेत : जुम्लाकाे तातोपानी गाउँपालिका — २ जर्मी गाउँमा हरेक दिन एक गाग्री पानीका लागि लडाई हुने गरेको पाइएकाे छ ।

दिनमा विहान बेलुका गरी चार घण्टा मात्र धारामा पानी आउने गरेकोले यस्ताे हुनेगरेकाे स्थानीयले बताए । गएको कार्तिक १० गते दशैकै दिनपिन एक गाग्री पानीका लागि बिवाद हुँदा महिला पुरुष बीच झडप भएकाे एक स्थानीयले बताए । ‘धारो सानो आउने, जनसंख्या बढी भएकोले अघि पानी भर्न पालो गर्छन् । अघि पछि आएको भन्दै पालोमा कुरा नमिल्दा दशैकै दिन पानीका लागि हात हालाहाल भएको जर्मी गाउँको तितो सत्य हो ।’

एक स्थानीयले भने, ‘कार्तिक १२ गते विहान पनि धारामा पानी भर्ने क्रममै बिवाद हुदा दुईजना बालबालिका बीच झडप भयो ।’ करिब १ सय ६० भन्दा बढि घरधुरी रहेको जर्मी गाउँमा ४ वटा मात्रै पानीका धारा छन् । तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपाने चालू आर्थिक बर्ष भित्रै जर्मी गाउँ लगायत २ नम्बर वडाका सबै घरमा पानी पुर्याउने बताए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP