दक्षिण एशियाको उष्णकटिबंधीय क्षेत्रमा हुने बेसारलाई अंग्रेजी भाषामा टरमेरिक (Turmeric) तथा ल्याटिन भाषामा ‘कुरकुमा लौङ्गा’ नामले चिनिन्छ । ‘कुरकुमा लौङ्गा’ बिरुवाको जमिनमुनी भएको गाँठोयुक्त जरा भनेकै बेसार हो । जसलाई संकलन गरी उमालेर सुखाइसकेपछि पिसेर प्राकृतिक रुपमैं पँहेलो रंगको धूलो तयार हुन्छ, यसलाई बेसार भनिन्छ ।
६०० इशापूर्व मा बेसारको प्रयोग कपडाजन्य वस्तुहरु तथा अन्य हाते उत्पादनहरुलाई रङ्गाउनका लागि प्रयोग हुन्थ्यो । पूर्वी सभ्यतामा यसको प्रयोग जूगौंजूगदेखि हुँदै आएको छ । आयूर्वेदिक हर्बल औषधीहरुमा बेसारको प्रयोग हुँदै आएको छ तथा, यसबाट तयार भएका औषधिहरुको प्रयोग विभिन्न स्वास्थ्य समस्याहरुमा प्रयोग हुनेगरेका छन् । स्वासप्रस्वाससँग सम्बन्धीत समस्याहरु, रुमेटिज्म, शरिर थकान सम्बन्धी समस्याको समाधानका लागि बेसार प्रभावकारी मानिएको छ ।
कपडालाई रङ्गीनका लागि समेत बेसारको प्रयोग गर्ने गरिन्छ । यहाँसम्म कि मार्को पोलोले सन् १२८० मा चीनको यात्राको क्रममा आफ्नो टिप्पणीमा बेसारको तुलना केसरसँग गरेका थिए । अझै पनि मध्य यूरोपमा बेसारलाई “केसर” नै मानिदै आएको छ ।
बेसारको स्वाद टर्रो हुन्छ र पूर्वीय खानाहरुलाई पँहेलो गर्नका लागि समेत बेसारको प्रयोग गर्ने गरिन्छ । प्याक गरिएका, बेक, डेरी उत्पादन तथा जूसहरुमा समेत बेसारको प्रयोग गर्ने गरिन्छ । खाद्य पदार्थहरुलाई बेसारको पत्तामा बेरेर समेत केही खानेकुराहरु पकाउने चलन छ । यसरी खाना पकाउँदा बेसारको औषधिय गुण खानाले प्राप्त गर्नुका साथै फरक स्वाद पनि प्राप्त हुन्छ ।
बेसार एक चमात्कारिक मसला हो । प्राकृतिक चिकित्सा पद्धतीको मान्यता अनुसार दूधसँग बेसारको मिश्रणले बेसारको गुण दुइगुणाले बढ्दछ । बेसारमा घुलनशील ‘करक्यूमिन’ नामक रसायनिक तत्व हुन्छ ।
काशी हिन्दू विश्वविद्यालय स्थित माइक्रोबायोलाजी विभागका शोधकर्ताहरुले बेसारमा पाइने ‘करकूमिन’ नामक तत्वको अतिसूक्ष्म कण बनाइसकेका छन् । जुन पानीमा पूर्णत घुल्न सक्छ भन्ने तथ्य प्रस्तुत गर्र्यो । यस अघि तेलमा पूर्णत घुल्नसक्ने तथ्य मात्र सार्वजनिक भएका थिए । यस महत्वपूर्ण खोजबाट अल्जाइमर, पार्किन्सन तथा अबुर्द रोग (क्यान्सर) जस्ता असाध्य रोगहरुको निदानका लागि नयाँ अध्यायको प्रारम्भ गर्न सक्छ । बेसारको प्रयोग यसो त पूर्वीय सभ्यतामा विशेषतः नेपाल, भारत, पाकिस्तान, बर्मा, भुटान, श्रीलंका, बंग्लादेश लगायत कैंयन देशहरुमा सदियौंदेखि हुँदै आएको छ । काशी हिन्दू विश्वविद्यालयको यस खोजबाट यसको पूर्ण औषधीय गुणहरुको प्रयोगमा अझै नयाँ आयामहरु भेटिनेछन् ।
यो अनुसन्धानको विस्तृत रिपोर्ट ‘फ्रन्टियर्स इन माइक्रोबायोलोजी जर्नल’मा प्रकाशित भइसकेको छ ।
बेसारका बारेमा केही तथ्यहरु:
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP