इटहरीलाई जोड्दै श्याम मानन्धर

कार्तिक १५, २०७७

इच्छा पनि बडो गज्जब हो हुन्छ आलिसान  जीवन लाई त्यागेर आफ्नो सपना पुरा गर्छन त्यही आलिसान जीवन त्यागेर खेलकुदमा खटिरहने नाम हो श्याम मान्धर  ।

खेलकुद समाज ,मानिस र  युवाको भावनालाई जोड्ने एउटा दरिलो माध्यम हो  । इटहरीका रंगकर्मी सोनु जयन्ती पनि समाजको भावनालाई जोड्न खेलकुद र नाट्यकला मात्र हो भन्छन  ।

इटहरी एउटा हटिया शहर हो यो शहर केवल बाध्यताले निर्माण भएको हो |फरक परिवेश ,फरक भूगोल र प्राकृति बाट आएका मानिसको समुह हो इटहरी इटहरीको बिकास गर्नका निम्ति यहाका साबि बासिन्दाको भावनालाई जोड्न जरुरि छ त्यही भावनालिई जोड्न लागि परेका फुटबलका पारखी श्याम मान्धर २०३७ साल असार १२ गते इटहरी मै जमिएका सानै उमेर देखि दाईहरुले खेल्दा उनि पनि त्यहि भिडमा खेल्न छिर्थे  ।  स्थानीय क्लब रक्तमाला फुटबल क्लब बाट सुरु गरेका श्यामले आफ्नो फुटवल यात्रालाई थ्री स्टार टिम सम्म पुग्न सफल भए ।

मध्यम परिवारमा हुर्किएका मानन्धर अहिले एएफसी बि लाइसेन्स एन्फा कोचका रुपमा साथै इटहरीमा ब्यवसायीक प्रशिक्षकका रुपमा स्थापित हुदै एन्फालाई बार्षिक उत्कृष्ट खेलाडी प्रदान गर्दै आइ रहेका छन  ।

नेपाली खेलाडी खेलकुद बाट बाच्न गाह्रो छ र त्यो गाह्रो जीवनलाई मैले भोगेको छु बताउने श्याम मानन्धर इटहरी फुटबलका लागि दिनरात लागि परेका छन  ।

जिल्ला फुटबल संघ सुनसरीका सदस्य रहेका मानन्धर साना खेलाडी देखि ठुला सम्मका प्रिय गुरु छन |नेपालमा लगातार लिग भएमा मात्र फुटबलमा आवद्ध मानिस बाच्न सक्ने तर्क राख्ने उनि बिगतमा मिल्ड फिल्डको रुपमा फुटबल खेल्ने गर्थे   ।

अवसर नपाएर पछी परेका इटहरी र इटहरी आसपासका खेलाडीलाई सवैको माझ ल्याउने उदेश्यले इटहरीमा केहि हप्ता  देखि ग्रासरुट फुटबल क्याप सुरु भएको छ   । क्याप इटहरी उपमहानगरपालिकाको सहयोग र ब्वाइज फुटबल क्लवको सयुक्त आयोजनामा भएको छ हरेक शनिवार जनता मा.वि. खेल मैदानमा हुने प्रशिक्षणमा कोचका रुपमा श्याम मानन्धरले अहिले खेलाडीलाइ प्रशिक्षण गर्दै आइ रहका छन  ।

मानन्धरले इटहरीको खेलकुदलाई पुर्याएको टेवा बारे कोबिद जंग कार्कीले  बताए अनुसार इटहरीका खेलाडीले कोचका रुपमा श्याम मानन्धरलाई पाउनु नै एउटा सुनैलो मौका हो र मानन्धर जस्तो प्रतिभाशाली ब्यक्ति इटहरीमा रहेर निरन्तरता दिनु एउटा गर्व गर्ने पाटो रहेको बताए   ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP