काजल र गौतम विवाह बन्धनमा

कार्तिक १५, २०७७

भारतीय अभिनेत्री काजल अग्रवाल र व्यवसायी गौतम किचलू विवाह बन्धनमा बाँधिएका छन्।भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरूले शुक्रबार मुम्बईको एक होटलमा विवाह गरेका हुन्।

विवाहको समारोहमा काजल रातो लेहेंगा सजिएकी थिइन्। उनी एकदम खुलेकी थिइन्। उनको अनुहारमा छुट्टै चमक देखिन्थ्यो। त्यसैगरी गौतमले भने सेतो शेरवानी लगाएका थिए। विवाह समारोहका तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएको थियो।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP