कोरोना कहरमा उपमेयरको साथ : एक्लो भएन इटहरी

कोरोना कहरमा उपमेयरको साथ : एक्लो भएन इटहरी

ईकालापत्थर । इटहरी ,

इटहरी उपमहानगरपालिकाकि उपमेयर कोरोना कहरको समय निक्कै खुलेर काम गरिन  । स्थनीय सरकारको अभाव मेयरको अनुपस्थितमा पनि कहिल्यै जनतालाई भएन  । आज ईकालापत्थरले त्यही बिषयमा उपमेयरको नेतृत्वमा गरेका १० उदारणीय कामको  चर्चा गर्ने छ  ।

  • १. इटहरी उपमहानगरपालिकाले लकडाउन हुनु भन्दा पहिले अर्थात् फागुन  महिनामानै हेल्प डेक्स सुरुवात गरिएको थियो भनी  । यस्को नेतृत्व उपमेयर लक्ष्मी गौतम द्वारा गरिएको थियो  । लकडाउन नेपालमा दोस्रो संक्रमण देखिए लगतै सरकारले चैत ११ देखि गरेको थियो  ।
No description available.
  • २. हात धुने कर्नर राख्न पत्र सहित बजार मा घरर्दैलो कार्यक्रम  इटहरी  उपमहानगरपालिकाकि उपमेयरको नेतृत्वमा सुरुवात भएको थियो  ।
  • ३. सडक ऐन अनुसार सडकका पुललाई  मर्मत निर्माण गर्ने जिम्मा सङ्घीय सरकार अर्थात् सडक डिभिजनको भएता पनि हजारौँ सवारीसाधनको आवतजावत हुने टेंग्रा खोलाको पुल अस्तव्यस्त हुँदा समेत कसैको ध्यान पुगेको थिएन त्यही समयमा उपप्रमुख लक्ष्मी गौतमले बारम्बार मौखिक आग्रह गर्दा समेत बेवास्ता गरेको भन्दै डिभिजनलाई पत्र मार्फत हाल सम्म किन बन्न नसकेको हो ? कारण बताउन चेतावनीयुक्त पत्र काटेपछि भने अहिले टेंग्रा खोलाको पुलले आफ्नो स्वरूप परिवर्तन गरेको छ ।
alt
  • ४. कोरोनाका कारण आर्थिक अवस्थामा मन्दी आएपछि इटहरी उपमहानगरपालिकाले करमा छुटको व्यवस्था गरेका छ । उपमहानगरपालिकाले करमा बम्पर छुटको योजना अगाडी सारे संगै ब्यपारी तथा नवितम उधमीलाई सहज भएको छ ।
  • ५. कोरोनाको असर सबैभन्दा बढी बुद्वा बालबालिकातथा विरामीमा हुने भएकी हुँदा सुत्केरी भएका महिलाहरको घर घरमा पुगेर पाेषणयुक्त खानेकुरा बाढेकीछन् । इटहरी १० कि मनिषा सदा,सुस्मिता चौधरी,निशा मगर र इटहरी ८ की सुगिया हरिजन र लिला सदाको घर सहित २७भन्दा बढी  सुत्केरीलाई आफ्नै गएर भेटेकी छिन् ।
  • ६. होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई घरमै गएर भेटि उपमेयर गौतमले जंगलबाट गुर्जो संकलन गरेर बाढीन । ‘कोरोना भाइरस संक्रमितलाई संचो हुने प्रतिक्रिया पाएपछि र स्वास्थ्यकर्मीले पनि सिफारिस गरेपछि गुर्जो संकलन गरेर बाँड्न थालेका पाइन्छ ।  स्रोतका अनुसार यो कामलाई राष्ट्रिय मिडियाले समेत स्पेस दिएका थिए भनी इटहरीमा केहि प्रतिपक्षीले भने बिरोध गरेका थिए तर अहिले आएर उनीहरुनै गुर्जो संकलन गरी सेवन गर्दै कोरोना विरुद्वको अभियानमा छन ।
होम आइसोलेसनमा बसेका संक्रमितहरूका लागि गुर्जो भेला गर्दै इहटरीकी उपमेयर
  • ७. लकडाउनमा अनलाइन पढाएर चर्को शुल्क असुल्ने कार्य भएको भन्दै चौतर्फी बिरोध भए पछि इटहरी उपमहानगरपालिकाकि उपमेयरको नेतृत्वमा  संस्थागत विद्यालयको शुल्क निर्धारण गर्न अनलाइन सर्वेक्षण भएको थियो ।
  • ८. होम आइसोलेसनमा वसेका ब्यक्तिहरुलाई हौसला प्रदान गर्न उपप्रमुख लक्ष्मी गौतमले स्वास्थ्यकर्मीको टोली सहित घर घरमै पुगेर स्वास्थ्य अवस्थाको वारेमा जानकारी लिने कार्य  साथै स्वास्थ्यकर्मीको टोली संक्रमितहरुको परिवारका सदस्य, छिमेकीहरुसंग अन्तरक्रिया समेत गरेको सम्पन्न भएको थियो  । होम आइसोलेसनमा वसेका ब्यक्ति अनुसार अनुसार यस्ता कार्यले कोरोना सक्र्मैत माथि गरिने सामाजिक ज्यादती कम भएको र समाजमा कोरोनको नकारात्मक भय समेत कम भएको बताउछन ।
alt
  • ९. कोरोना कारण अर्थतन्त्र र आम मानिसमा आर्थित प्रभाव नकारात्मक परेको समयमा नेपालीहरुको महान चाड दशै आएको समयमा ब्यपारीले मनलाग्दी  भाउ र म्याद नाघेको अखाद्य बस्तु बिक्रि गरेको सुचना पाए पछि उपमेयरले सरकारले तोकेको मापदण्ड अनुरुप् बजार अनुगम गरी ब्यपारीलाई सचेत गराई केहि पसललाई सिल समेत गरिएको छ । जसको कारणले गर्दा  आम मानिसले कम आथिक भार र म्याद नाघेको अखाद्य बस्तु प्रयोग गर्नु परेको छैन ।
इटहरी उपमहानगरद्धारा खनार वजार अनुगमन, एउटा पसलमा शिल – Bageshwori News
  • १०. नेकपा इटहरीका पुराना नेता तथा होटल व्यावसायि  स्वर्गीय शिव पराजुलीले केहि दिन पहिले कोरोना कारण यो ससारबाट बिदा भए ,उपमेयरको तथा अन्य स्वास्थ्यकोकर्मीको  लाखौ कोशिसले बचाउन नसकेको पराजुलि जब कोरोना पिडित भएर अस्पतालमा  थिए खर्चको पनि समस्या थियो त्यहि समयमा उपमेयरले  करिब ६० जना जती आफ्ना सर्कलका साथिलाई सम्पर्क गरी १ लाख ब्याबस्थापन गर्न त् सफल भईन तर  सुरुदेखी नै निमोनिया भनेर निमोनियाको कडा औषधि चलाएको थियो  । कोरोना पोजेटिभ रिपोर्ट आएपछी अस्पतालले अन्यत्र लानुस् भने डिस्चार्ज  गरी अर्को अस्पताल लानका निम्ति एम्बुलेन्स नपाएर २ घन्टा लाग्यो  । इटहरीबाट पराजुलीलाई  माया गर्ने मानिसहरुको भिड थियो  । बिरामी कमजोर भएकाले   आफै एम्बुलेन्समा चढ्न सक्ने अबस्था थिएन ।          छोरा विश्वलाई पिपिइ लगाएर तयारी गरेको थियो । उन्ले एम्बुलेन्समा चढाउन कोसिस गरे, सकेनन् ‌। ।त्यो हृदयबिदारक अबस्था उपमेयरबाट असह्य भयो  ।  एम्बुलेन्स मा चढाउन नसकेर दाइ जानुहुने हो की भन्ने मनमा आए पछि उपमेयर बिना पिपीई एम्बुलेन्समा चडाउन  अगाडि बढीन त्यो भिड हेरी रह्यो ।