शाहरुख, दीपिका र जोन अभिनीत ‘पठान’ २०२१ मा रिलिज हुने

शाहरुख, दीपिका र जोन अभिनीत ‘पठान’ २०२१ मा रिलिज हुने

मुम्बई । एसराज फिल्म्स्‌को ५० औं वसन्तको हिस्सा स्वरुप सिद्धार्थ आनन्दको निर्देशन रहने चलचित्र ‘पठान’ मा शाहरुख खान पनि जोडिएका छन् । यो एक्सन प्याक चलचित्रमा शाहरुखसँग दीपिका पादुकोण र जोन अब्राहमले पनि जोडिँदै छन् ।

बलिउड हंगामाका अनुसार ८७० दिनपछि यहि नोभेम्बरबाट यसको छायांकनमा फर्किंदै छन् । शाहरुख र एस।राजका प्रायस् चलचित्रहरु दीपावलीमा रिलिज हुन्छन् । यसैअनुरुप ‘पठान’ पनि वर्ष २०२१ को दीपावलीमा रिलिज हुनेछ । खबरअनुसार निर्माण टिम पोस्ट प्रोडक्सनको तालिकाका साथै आगामी वर्षको दीपावलीमा चलचित्र रिलिज गर्ने योजना बनाइरहेका छन् ।

नोभेम्बरमा शाहरुखको एकल सिन छायांकन गरिँदै छन् । दीपिका र जोन नयाँ वर्षबाट छायांकनमा जोडिँदै छन् । अन्तिम चलचित्र ‘जिरो’ रिलिजको ३ वर्षपछि शाहरुख ‘पठान’ मार्फत पर्दामा देखिन लागेका हुन् ।